
काठमाडौं। नेपाली कांग्रेसले असार १५ गतेका लागि डाकेको केन्द्रीय समितिको बैठक एक दिन पर धकेलेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै बैठक कारणवस असार १६ गते बस्ने जनाएका छन्।
यसअघि जेठ ३० गते केन्द्रीय समिति बैठक असार १५ गतेका लागि तय गरिएको थियो। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ः०० बजे बस्ने भनिएकोमा विशेष कारणवस असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बैठकमा विशेषगरी क्रियाशील सदस्यता विवादको विषय र सरकारमा कांग्रेसको कामकारबाहीबारे बहस हुने बताइएको छ।