सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन प्रति तोला ५ सय बढ्दा चाँदीमा १० रुपैयाँको वृद्धि

बिजमाण्डू
२०८२ असार ८ गते १०:५४ | Jun 22, 2025
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन प्रति तोला ५ सय बढ्दा चाँदीमा १० रुपैयाँको वृद्धि

काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको कारोबार मूल्य बढेको छ। सुन ५ सय बढेर प्रति तोला १ लाख ९५ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी तोलामा १० रुपैयाँ बढेको छ।

Tata
GBIME

गत शुक्रबार सुन तोलाको १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो। गत साताको प्रारम्भमा प्रति तोला १ लाख ९७ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको भाउ मंगलबार, बिहीबार र शुक्रबार घटेको थियो। यो साताको सुरुमा फेरि बढोत्तरी भएको हो।

चाँदी प्रति तोला २ हजार १ सय ६० रुपैयाँ भएको छ। गत बुधबार तोलाको २ हजार २ सय २५ र बिहीबार २ हजार २ सय रुपैयाँ थियो। शुक्रबार घटेर २ हजार १ सय ५० रुपैयाँ भएको थियो। आइतबार १० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ३३६८.०९ डलरले कारोबार भइरहेको छ। एक महिनामा कारोबार मूल्य प्रति औंस ७६.४१ डलरले बढेको छ। चाँदी  प्रति औंस ३६.०१ डलर पुगेको छ।