प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको बैठक दिउँसो २ बजेका लागि तय

बिजमाण्डू
२०८२ असार ६ गते १०:४३ | Jun 20, 2025
प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको बैठक दिउँसो २ बजेका लागि तय
फाइल फोटो।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ।

Tata
GBIME

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने छन्।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधि लगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ।