काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने छन्।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधि लगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ।