ब्रिज इन्टरनेशनलको ‘स्टुडेन्ट इन्गेजमेन्ट टुर सम्पन्न, हजारौं विद्यार्थी लाभान्वित

बिजमाण्डू
२०८२ असार ५ गते १७:३५ | Jun 19, 2025
ब्रिज इन्टरनेशनलको ‘स्टुडेन्ट इन्गेजमेन्ट टुर सम्पन्न, हजारौं विद्यार्थी लाभान्वित


काठमाडौं । ‘ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ द्वारा संचालन गरिएको ‘स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ सम्पन्न भएको छ। एक कार्यक्रमबीच सो टुरको समापन काठमाडौंको नयाँ बानेश्वरस्थित कर्पोरेट कार्यलयमा भएको हो।

Vigo
GBIME
Tata

समारोहमा ब्रिटिस काउन्सिल नेपालकी कन्ट्री एक्जाम्स डाइरेक्टर तथा जनरल म्यानेजर प्रतिष्ठा थापा रायमाझीले यस्ता कार्यक्रमहरुले नेपाली युवाहरुलाई विश्वस्तरीय शिक्षा प्रणालीप्रति अझ आकर्षित बनाउने बताएकी थिइन्।

कार्यक्रममा ब्रिटिस काउन्सिलका बिजनेस डेभलपमेन्ट हेड सुदर्शन सुवेदीले यस्तो शैक्षिक अभियानले देशभरिका विद्यार्थीहरूलाई सही जानकारी, सल्लाह र अवसर प्रदान गरिरहेको उल्लेख गरेका थिए।

यस्तै, ब्रिज इन्टरनेशनलका कार्यकारी अध्यक्ष भुवन गिरीले संस्थाको आगामी योजना र विद्यार्थी केन्द्रित दृष्टिकोण प्रस्तुत गरेका थिए।

त्यस्तै, संस्थाका अध्यक्ष महेश गिरीले संस्थाको प्रारम्भिक यात्रादेखि अहिलेसम्मको प्रगति र अन्तर्राष्ट्रिय स्तरमा बनाइएको विश्वसनीयताको बारेमा चर्चा गरेका थिए। उनले आगामी दिनहरूमा अझ प्रभावशाली र सहायक कार्यक्रम ल्याउनेसमेत बताए।

टुर कार्यक्रम नेपालगंजबाट सुरु भएको थियो। धुलाबारी, बिर्तामोड, धरान, इटहरी, विराटनगर, चितवन हुँदै काठमाडौंमा कार्यक्रमको समापन भएको हो। कार्यक्रममा हजारौं विद्यार्थीको सहभागिता थियो। कार्यक्रममार्फत अन्तर्राष्ट्रिय शिक्षा, स्कोलरशिप, भाषा परीक्षा, र कन्सल्टेन्सी सेवाबारे प्रत्यक्ष जानकारी दिइएको थियो।