समसामयिक विषयमा छलफल गर्न ओली, देउवा र प्रचण्ड दिउँसो ३ बजे बैठक बस्दै

बिजमाण्डू
२०८२ असार ४ गते १२:२४ | Jun 18, 2025
समसामयिक विषयमा छलफल गर्न ओली, देउवा र प्रचण्ड दिउँसो ३ बजे बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधि लगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ।