BIZMANDU
www.bizmandu.com

समसामयिक विषयमा छलफल गर्न ओली, देउवा र प्रचण्ड दिउँसो ३ बजे बैठक बस्दै

२०८२ असार ४

समसामयिक विषयमा छलफल गर्न ओली, देउवा र प्रचण्ड दिउँसो ३ बजे बैठक बस्दै
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताको छलफल काठमाडौँ, १९ जेठ : संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रमुख दलका शीर्ष नेताहरूको छलफल ।छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी हुनुहुन्छ ।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ।

Tata
GBIME

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधि लगायत विषयमा उनीहरूबीच छलफल हुने जनाइएको छ।