सुनको मूल्य पुनः उकालो लाग्यो, चाँदीको भाउ ६५ रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा

बिजमाण्डू
२०८२ असार ४ गते ११:१० | Jun 18, 2025
सुनको मूल्य पुनः उकालो लाग्यो, चाँदीको भाउ ६५ रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा


काठमाडौं। मंगलबार तोलामा २५ सय रुपैयाँले घटेको सुन बुधबार पुनः उकालो लागेको छ। अघिल्लो दिनको तलनामा बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९५ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन प्रति तोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।

सोमबार सुन प्रति तोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन तोलामा ४०० रुपैयाँ बढेर प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य बुधबार ६५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च भएको छ। बुधबार चाँदी प्रति तोला २२ सय २५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी प्रति तोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँ थियो।

करिब एक सातादेखि सुनचाँदी व्यवसायीले पसल बन्द गरेर सुनमा लगाएको विलासीता कर हटाउन माग गरिहेका छन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३३९४.३९ डलर रहेको छ। चाँदी प्रति औंस ३७.२८ डलर रहेको छ।