प्रतिनिधिसभा बैठक : अर्थमन्त्रीले दुईवटा विधेयक प्रस्तुत गर्ने, रास्वपाको अवरोध जारी रहने

बिजमाण्डू
२०८२ असार २ गते ०६:५९ | Jun 16, 2025
प्रतिनिधिसभा बैठक : अर्थमन्त्रीले दुईवटा विधेयक प्रस्तुत गर्ने, रास्वपाको अवरोध जारी रहने

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

Tata
GBIME

संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन्।

यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि बैठक अवरोध गर्ने तयारी गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाले संसद अवरोध गरिरहेको छ।