
काठमाडौं। सेयर लगानीकर्ताका तीन वटा संस्थाका प्रतिनिधिले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाइँसँग भेटेका छन्।
सेयर लगानीकर्ता संघ नेपाल, पूँजीबजार नेपाल लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधिले नेप्सेका सीइओ चापागाइँसँग भेटेर नवीन प्रविधि कार्यान्वयन ल्याइ सेयर बजारमा गुणात्मक सुधार गर्न आग्रह गरेका छन्।
‘पारदर्शिता, आधुनिकीकरण, संस्थागत सुशासन र लगानीकर्तामैत्री वातावरण प्रवर्धन हुने, बजारमा दीर्घकालीन स्थायित्व र लगानीकर्ताको विश्वास अभिवृद्धिमा ठोस परिणाम आउने हाम्रो अपेक्षा छ,’ तीन संस्थाले भनेका छन्, ‘विशेषगरी, नीतिगत स्पष्टता, प्रभावकारी नियमन र नवीनतम प्रविधिको कार्यान्वयनमार्फत बजारमा गुणात्मक सुधार आउनेमा हामी आशावादी छौं।’
उनीहरुले नेप्सेको पुनर्संरचना गर्नका लागि पनि ध्यानाकर्षण गराए।