काठमाडौंमा सिजाङ पानोरमा, फिल्ममा प्रकृति र जीवबीच संघर्षको कथा

बिजमाण्डू
२०८२ जेठ १६ गते १४:२२ | May 30, 2025
काठमाडौंमा सिजाङ पानोरमा, फिल्ममा प्रकृति र जीवबीच संघर्षको कथा


काठमाडौं । काठमाडौंमा सिजाङ पानोरमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत पत्रकारिता तथा आम संचार केन्द्रिय विभागसँगको सहकार्यमा चीनको युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एन्ड टेक्नोलोजीको आयोजनामा बिहीबार सिजाङ पानोरमा कार्यक्रम सम्पन्न भएको हो।

Vigo
GBIME
Tata

त्रिविको केन्द्रिय पुस्तकालयमा आयोजित कार्यक्रममा ‘डाइभर्स न्यारेटिभ्स अफ इथ्निक इमेजिनरी एन्ड क्रस कल्चरल डायल ‘ विषयमा सेमिनार पनि भएको थियो।

सो क्रममा चिनायाँ निर्देशक किन क्विनद्वारा निर्देशित फिल्म ह्वेर दी माइटी रिभर्स बिगिनको स्क्रिनिङ पनि गरिएको थियो। सेमिनारमा सो फिल्मका निर्माताहरु यान जानलिङ र नि कङले पनि आफ्नो मन्तव्य राखेका थिए।

निर्माता जानलिङले सो फिल्म सन् २०१८ मा सुटिङ सुरु भइ सन् २०२२ मा निर्माण सम्पन्न भएको जानकारी दिएका थिए। उनले फिल्मको छायांकनदेखि फिल्म निर्माणमा भोग्नु परेका समस्याहरु पनि सुनाए।

फिल्मले सिजाङको प्रकृति र जीवजन्तुको बारेमा मात्र नभइ त्यहाँ जलवायु परिवर्तनको असरबारे पनि बोलेको उनले बताए। त्यसक्रममा उनले नेपालमा आएर पनि यहाँको प्रकृति र जीवजन्तु कैद गर्ने तयारी भइरहेको बताए।

ह्वेर दी माइटी रिभर्स बिगिन फिल्ममा प्रकृति र जीवबीचको सम्बन्ध र संघर्ष प्रस्तुत गरिएको छ।

सिजाङ पानोरमा अन्तर्गत ६ वटा फिल्म यसपटकको काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभलमा पनि प्रस्तुत गरिँदैछ।