बजेटले रिफर्मको सुरुवात गरेको छ : शिवराज अधिकारी, कार्यान्वयमा सघाउने गभर्नरको प्रतिबद्धता



बिजमाण्डू
२०८२ जेठ १६ गते १३:४९ | May 30, 2025
बजेटले रिफर्मको सुरुवात गरेको छ : शिवराज अधिकारी, कार्यान्वयमा सघाउने गभर्नरको प्रतिबद्धता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले आर्थिक वर्ष २०८२/८३ को बजेटले ‘रिफर्म’को काम सुरु गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

आज अर्थ मन्त्रालयमा बजेटबारे आयोजित पत्रकार सम्मेलनमा उनले कर, लगानी लगायतका नीतिले गर्दा बजेटले ‘रिफर्म’को काम सुरु गरेको बताएका हुन्।

‘निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ। आयोजनाका‌ काम समयमै सम्पन्न गर्नका‌ लागि पुनर्संरचना गरिएको छ,’ उनले भने।

त्यसक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेल बजेट कार्यान्वयनमा सघाउने प्रतिबद्धता व्यक्त गरे।