
काठमाडौं। नेपाल साइबर आक्रमण हुने शीर्ष देशको रुपमा देखिएको छ। चेकपोइन्टको लाइभ साइबर थ्रेट म्यापअनुसार साइबर आक्रमण हुन सक्ने ‘टप टार्गेटेड कन्ट्रिज’को सूचीमा नेपाल शीर्ष स्थानमा पुगेको हो।
नेपालपछि इथियोपिया, इन्डोनेसिया, भियतनाम र मंगोलिया उच्च साइबर आक्रमण हुने देशहरुको सूचीमा छ।
चेकपोइन्टका अनुसार एक महिनामा नेपालमा भएका साइबर आक्रमणहरुको ट्रेन्ड हेर्दा बटनेट नामक मालवेयरमार्फत सर्वाधिक २५.८ प्रतिशत आक्रमण भएको छ।
यस्तै, इन्फोस्टिलरमा २०.३ प्रतिशत, बैंकिङमा ५.५ प्रतिशत, र्यानसम्वेयरमार्फत १५.५ प्रतिशत आक्रमण भएका छन्।