
काठमाडौं : हाल सिनेमा हलहरुमा फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शन भइरहेको छ। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह, सिर्जना नापित, प्रकाश घिमिरे लगायतको अभिनय छ।
फिल्ममा नाकाबन्दी, कोभिड-१९ र त्यसपछि उत्पन्न आर्थिक मन्दी, मिटरब्याज लगायत आर्थिक तथा सामाजिक घटना समावेश छ। आर्थिक र मानसिक समस्याले प्रताडित हुँदा निम्तिने घर झगडा र त्यसले बाल मनोविज्ञानमा पर्ने असरलाई पनि फिल्ममा चित्रण गरिएको छ।
फिल्मका निर्माता युवराज कार्कीले यो फिल्ममा सम्पूर्ण घरबेटी र घर भाडामा बस्नेले आफूलाई फिल्ममा कुनै न कुनै हिसाबमा महसुस गर्न सक्ने बताउँछन्।
निर्माण पक्षले फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको जनाएको छ।
उपन्यासकार तथा कवि बुद्धिसागरको कथामा फिल्म निर्माण गरिएको हो। नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन फिल्मका निर्माता हुन् भनेफिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् ।