
काठमाडौं । सरकारले कर्जाको ब्याजदर उतारचढाव कम गर्न ऋणपत्र बजारको विकास गर्ने भएको छ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि सरकारले बनाएको समितिले ब्याजदर उतारचढाव सम्बोधन गर्न ऋणपत्र बजारको विकास गर्ने कार्ययोजना बनाएको हो।
आयोगले छोटो समयमा कर्जाको ब्याजदर उच्च उतारचढाव हुने गरेकाले त्यसलाइ कम गर्न ऋणपत्र बजारको विकास गर्न आवश्यक भएको भनेको थियो।
सरकारले सो सुझाव कार्यान्वयनका लागि गठन गरेको समितिले १ वर्षभित्र ऋणपत्र बजारको विकास गर्ने उल्लेख छ।