७३ वटा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकले बुझाएनन् बक्यौता, १५ दिनभित्र बुझाउन ताकेता

बिजमाण्डू
२०८२ जेठ ८ गते ०९:१९ | May 22, 2025
७३ वटा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकले बुझाएनन् बक्यौता, १५ दिनभित्र बुझाउन ताकेता

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले ७३ वटा इन्टरनेट (इमेल) तथा नेटवर्क सेवा प्रदायकहरुलाई १५ दिनभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ।

Tata
GBIME

केही वर्षदेखि  नेपाल सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनु पर्ने लेखापरीक्षण विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकम नबुझाएको भन्दै ७३ वटा कम्पनीलाई १५ दिनको अल्टिमेटम दिएको हो।

सोअवधि भित्र बक्यौता नबुझाए लाइसेन्स खारेजी प्रक्रिया अघि बढाउने चेतावनी प्राधिकरणले दिएको छ।

बक्यौता बाँकी रहेका सेवा प्रदायकहरु