लाङटाङ-क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार, पर्यटन व्यवसाय लाभान्वित हुने

बिजमाण्डू
२०८२ बैशाख ३१ गते १६:३८ | May 14, 2025
लाङटाङ-क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार, पर्यटन व्यवसाय लाभान्वित हुने

काठमाडौं । नेपाल टेलिकमले लाङटाङ-क्यान्जिन पदमार्गमा फोरजी सेवा विस्तार गरेको छ। त्यहाँका स्थानीय र पर्यटकलाई लक्षित गरि फोरवी सेवा संचालनमा ल्याइएको हो।

Tata
GBIME

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो। समुद्री सतहबाट करिब ३ हजार ८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले फोरजी सेवा संचालनमा ल्याएको हो।

काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरुलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग साटासाट गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको सेवा विस्तार भएसँगै यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको छ।