‘फाइनान्सियल फ्रि जोन’ निर्माण गर्न माल्दिभ्स र कतारी कम्पनीबीच सवा खर्ब रुपैयाँको सम्झौता

बिजमाण्डू
२०८२ बैशाख २३ गते ०८:१६ | May 6, 2025
‘फाइनान्सियल फ्रि जोन’ निर्माण गर्न माल्दिभ्स र कतारी कम्पनीबीच सवा खर्ब रुपैयाँको सम्झौता
Photo : Maldives President office


माल्दिभ्स सरकार र कतारका राजकुमार शेख नायफ बिन ईद अल थानीको कम्पनी एमबीएस ग्लोबल इन्भेष्टमेन्टबीच ग्रेटर मालेमा ‘फाइनान्सियल फ्रि जोन’ निर्माणका लागि ८.८ मिलियन अमेरिकी डलर (करिब सवा एक खर्ब रुपैयाँ)को सम्झौता भएको छ।

Vigo
GBIME
Tata

माल्दिभ्सका अर्थमन्त्री मुसा जमिर र कम्पनीका अध्यक्ष मा‍रवान अलजाहेरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। माल्दिभ्स अन्तर्राष्ट्रिय वित्तीय केन्द्र (एमआईएफसी) निर्माण पश्चात अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु, फिनटेक कम्पनीहरु र विश्वभरका डिजिटल प्रवर्धकहरुलाई माल्दिभ्समा आकर्षित गर्ने लक्ष्य लिइएको छ।

यस परियोजनाले पर्यटन क्षेत्रमा निर्भर माल्दिभ्सको अर्थतन्त्रलाई विधिधिकरण गर्ने प्रक्षेपण गरिएको छ। एकीकृत सहरी विकासमार्फत मालेलाई हिन्द महासागरको प्रमुख विश्वव्यापी व्यापार र वित्तीय केन्द्रको रुपमा स्थापित गर्न पनि यसले सहयोग गर्नेछन्।

सन् २०३० सम्ममा यो परियोजना सम्पन्न हुने तालिका छ। विश्वको सबै भेगबाट यो परियोजनास्थल पहुँयोग्य हुने जनाइएको छ। निर्माण सम्पन्न भएको पाँच वर्षमा १ बिलियन अमेरिकी डलर भन्दा बढी (एक खर्ब ३४ अर्ब अमेरिकी रुपैयाँ भन्दा बढी) राजस्व संकलन र ४ वर्षमा माल्दिभ्सको जीडीपीमा उल्लेखनिय वृद्धि गर्नु यो परियोजनाको लक्ष्य छ।