त्रिभुवन विमानस्थलबाट एक वर्षमा एक करोड यात्रु ओहोरदोहोर, उडान संख्या कति?

बिजमाण्डू
२०८२ बैशाख २२ गते १४:४४ | May 5, 2025
त्रिभुवन विमानस्थलबाट एक वर्षमा एक करोड यात्रु ओहोरदोहोर, उडान संख्या कति?

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा एक करोडभन्दा बढी यात्रुले सेवा लिएका छन्।

Tata
GBIME

त्रिभुवन विमानस्थलबाट २०८१ मा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ १ करोड २ लाख ९४ हजार ९२५ यात्रुले सेवा लिएका हुन्।

विमानस्थल कार्यालयका अनुसार कात्तिकमा सबैभन्दा धेरै यात्रुले सेवा लिएका छन्। यो महिनामा १० लाख २८ हजार यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ।

पर्यटकीय सिजन र चाडवाडको समयका कारण कात्तिकमा अन्तर्राष्ट्रियतर्फ ३ हजार २८१ र आन्तरिकतर्फ १२ हजार ११४ उडान अवतरण भएको थियो।

अन्तर्राष्ट्रियतर्फ ३५ हजार ३८९ उडान अवतरणमार्फत ४९ लाख ३० हजार ७४० र आन्तरिकतर्फ १ लाख १२ हजार ७०८ वटा उडान अवतरणमार्फत ५३ लाख ६४ हजार १८५ यात्रुले हवाई सेवा लिएका छन्।