
काठमाडौं। सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ। नेप्से परिसूचक मंगलबार १५.०८ अंकले घटेर २६३१.९८ विन्दु कायम भएको छ। नेप्से सोमबार १४.५३ अंकले घटेको थियो।
मंगलबार म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्।
फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १.२२ प्रतिशतले गुमाएका छन्। १८८ कम्पनीको सेयर मूल्य घटेको छ। मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्वाधिक ९.८८ प्रतिशत गिरावट आएको छ।
५७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। बजारमा ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
सानिमा माई हाइड्रोपावरको सर्वाधिक ८२ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँ र राधी विद्युत कम्पनीको ४६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।