नेप्सेमा १४.५३ अंकको गिरावट, ८ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच

बिजमाण्डू
२०८२ बैशाख १५ गते १५:३६ | Apr 28, 2025
नेप्सेमा १४.५३ अंकको गिरावट, ८ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से सोमबार १४.५३ अंकले घटेर २६४७.०७ विन्दु कायम भएको छ।

Tata
GBIME

कारोबारमा आएका फाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। इन्भेष्टमेन्टको सूचक सर्वाधिक २.१४ प्रतिशतले ओरालो लागेको छ।

१६७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ‍८.४५ प्रतिशतले घटेको छ।

७८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको सबैभन्दा धेरै ७० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, राधी विद्युत कम्पनीको ४५ करोड १० लाख र युनिभर्सल पावरको ३८ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।