नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट आइतबार बिहान केही समय डाउन, अहिले खुल्यो

बिजमाण्डू
२०८२ बैशाख १४ गते ११:२९ | Apr 27, 2025
नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट आइतबार बिहान केही समय डाउन, अहिले खुल्यो


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट विहान केही समय डाउन भएको छ। आइतबार बिहानै प्राधिकरणको वेबसाइट डाउन भएको थियो।

Tata
GBIME
NLIC

अहिले साढे ११ बजेबाट वेबसाइट खुलेको छ।

प्राधिकरणको वेबसाइट खोल्दा ‘फरबिडन’ भन्ने सूचना थियो। त्यसपछि वेबसाइट ब्राउज गर्ने प्रयोगकर्ताहरुले उक्त वेबसाइटको सर्भरमा पहुँच नरहेको भन्ने सूचना आइरहेको थियो।

गत पुसमा प्राधिकरणको वेबसाइट दुई वर्ष नपुग्दै ह्याक भएको थियो।

इन्डोनेसियाको मनाडो साइबर टिम नामक ह्याकर समूहले प्राधिकरणको वेबसाइटमा आक्रमण गरेको थियो। त्यसअघि सन् २०२२ मा पनि प्राधिकरणको वेबसाइट ‘कम्प्रमाइज’ भएको थियो।