
काठमाडौं। चार दिनमा ६७ अंकले घटेको सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से बिहीबार २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेको छ।
बैंकिङ, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र ट्रेडिङ उपसमूहले बजार बढाएका हुन्। इन्भेष्टमेन्टको सूचक सर्वाधिक २.४९ प्रतिशतले उकालो लागेको छ।
८३ कम्पनीको सेयर मूल्य बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सेस्इरेन्सको सेयरमा पोजेटिभ सर्किट लागेको छ। १६१ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्स कम्पनीका लगानीकर्ता छन्।
बजारमा ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।