१० अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच, नेप्से परिसूचक २६.४९ अंकले वृद्धि

बिजमाण्डू
२०८२ बैशाख ४ गते १५:२८ | Apr 17, 2025
१० अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच, नेप्से परिसूचक २६.४९ अंकले वृद्धि

काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से बिहिबार २६.४९ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको हो।

Tata
GBIME

व्यापार बाहेकका सबै उपसमूहको सूचक बढेको छ। लगानी उपसमूहको सूचक सबैभन्दा धेरै २.९९ प्रतिशतले उकालो लागेको छ।

बजारमा १८७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

५९ कम्पनीका लगानीकर्ताको सम्पत्ति भने घटेको छ। बजारमा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यसमध्ये १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको सेयर हिमालयन पावर पार्टनरको किनबेच भएको हो।