वित्तीय अवस्था कमजोर रहेपनि तीनवटा विकास बैंकको सेयर मूल्यमा लाग्यो पोजेटिभ सर्किट

बिजमाण्डू
२०८२ बैशाख २ गते १८:०३ | Apr 15, 2025
वित्तीय अवस्था कमजोर रहेपनि तीनवटा विकास बैंकको सेयर मूल्यमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं। सेयर बजारमा मंगलबार विकास बैंकको सूचक उचालिएको छ। विकास बैंकको सूचक २.४० प्रतिशतले बढेको छ। कारोबारमा आएका १५ वटै विकास बैंकको मूल्य बढेको छ।

Tata
GBIME

पोजेटिभ सर्किट लाग्ने कम्पनीको सूचीमा डेभलपमेन्ट बैंक ३ वटा छन्।

कर्पोरेट डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक बढेको छ। कर्पोरेट डेभलपमेन्टको मूल्य प्रति कित्ता ९९७ रुपैयाँ पुगेको छ। चालु वर्ष दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा ७.५३ प्रतिशत छ।

बैंकको प्रति सेयर नेटवर्थ १४८.७२ र प्रति सेयर आम्दानी ४.०९ रुपैयाँ छ। यस्तै, ग्रीन डेभलपमेन्टको सेयर मूल्य १३६१ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा पुससम्म ४.८८ प्रतिशत छ।

सप्तकोशी डेभलपमेन्टको सेयर मूल्य १११९ रुपैयाँ पुगेको छ। बैंकको वित्तीय अवस्था नाजूक छ। पुससम्म ३ करोड नोक्सानीमा रहेको सप्तकोशीको प्रति सेयर आम्दानी ३.३९ रुपैयाँ ऋणात्मक छ।