न्यू एयर इभमा द क्लिफमा रचना रिमालको प्रस्तुती, क्याफे र मेगाट्रोलमा २० प्रतिशत छुट



बिजमाण्डू
२०८१ चैत्र २८ गते १७:०९ | Apr 10, 2025
न्यू एयर इभमा द क्लिफमा रचना रिमालको प्रस्तुती, क्याफे र मेगाट्रोलमा २० प्रतिशत छुट


काठमाडौं ।कुश्मास्थित द क्लिफमा नयाँ वर्षको अवसरमा गायिका रचना रिमाल सांगीतिक प्रस्तुति दिने भएकी छन्।

Tata
GBIME
Nepal Life

नयाँ वर्ष मनाउन क्लिफ पुग्नेहरुले रिमालको सांगीतिक प्रस्तुतिसँगै रमाउन पाउने भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

रिमालले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा २०८१ साल चैत ३१ गते प्रस्तुती दिने छन्।

नयाँ वर्षको अवसरमा क्लिफले क्याफे, मेगाट्रोलमा २० प्रतिशत छुट उपलब्ध गराउने भएको छ। यस्तै, रिसोर्टमा रुम बुक गर्दा एउटा मिनि साहसिक पर्यटकीय गतिविधि नि:शुल्क उपलब्ध गराइने भएको द क्लिफले जनाएको छ।

द क्लिफमा रिसोर्टसँगै बञ्जी जम्प, स्वीङ, स्काइ साइकलिङ र मेगाट्रोललगायत साहसिक पर्यटकीय गतिविधि उपलब्ध छ।