चीनले भन्यो : ट्रम्पको ट्यारिफ चेतावनीले ब्ल्याकमेलिङ गर्ने अमेरिकी चरित्र उजागर



बिजमाण्डू
२०८१ चैत्र २६ गते १२:०० | Apr 8, 2025
चीनले भन्यो : ट्रम्पको ट्यारिफ चेतावनीले ब्ल्याकमेलिङ गर्ने अमेरिकी चरित्र उजागर
Photo : Reuters

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको करलाई ‘अर्को गल्ती’ भनेको छ। चीनको व्यापार मन्त्रालयले अमेरिकाले चीनमाथि कर लगाएर गल्तीमाथि अर्को गल्ती गरिरहेको जनाएको हो।

Tata
GBIME
Nepal Life

अमेरिकाले चीनमाथि प्रतिशत कर लगाएको छ। अन्य देशहरुमा पनि १० प्रतिशतदेखि आयातको अवस्था हेरेर कर लगाइएको छ।

मन्त्रालयले थप भनेको छ, ‘करको चेतावनीले फेरि अमेरिकाको ब्ल्याकमेलिङ गर्ने चरित्र उजागर भएको छ।’

चीनले अमेरिकी चेतावनी कहिलै नमान्ने भन्दै अमेरिकाले कर गरिरहे अन्तिमसम्म चीन लड्न तयार भएको प्रतिक्रिया दिएको छ।

आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपल्स डेलीमा पनि अमेरिकी करले चीनमा केही असर पर्ने भए पनि आकाश नखस्ने टिप्पणी उल्लेख गरिएको थियो।