विश्व बैंकले अर्थशास्त्रीका लागि निकाल्यो भ्याकेन्सी, काठमाडौंमै ३ वर्षे कार्यकाललाई कस्ता छन् सर्त?

बिजमाण्डू
२०८१ चैत्र २६ गते ०९:२२ | Apr 8, 2025
विश्व बैंकले अर्थशास्त्रीका लागि निकाल्यो भ्याकेन्सी, काठमाडौंमै ३ वर्षे कार्यकाललाई कस्ता छन् सर्त?


काठमाडौं। विश्व बैंकले ३ वर्षे कार्यकालका लागि अर्थशास्त्रीको जागिर खुलाएको हो। कायक्षेत्र काठमाडौं रहेको छ।

Tata
GBIME
NLIC

अर्थशास्त्र, फाइनान्स, व्यवस्थापन, बिजनेस एड्मिनिस्ट्रेसन वा पब्लिक पोलिसी विषयमा स्नातकोत्तर वा पीएचडी अध्ययन पूरा गरेकाले मात्रै सो पदमा दरखास्त दिन पाउने छन्।

साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। इच्छुकले वैशाख २ गतेभित्र आवेदन दिनुपर्नेछ।