राप्रपाको विरोध सभाका क्रममा यी स्थानमा हुनेछन् सवारी आवागमन प्रभावित, सहभागीलाई छुट्टै पार्किङ तोकियो

बिजमाण्डू
२०८१ चैत्र २५ गते २१:४३ | Apr 7, 2025
राप्रपाको विरोध सभाका क्रममा यी स्थानमा हुनेछन् सवारी आवागमन प्रभावित, सहभागीलाई छुट्टै पार्किङ तोकियो


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको बल्खुमा हुने विरोध सभालाई मध्यनजर गरेर ट्राफिक प्रहरीले सवारीसाधन डाइभर्सनको रुट तोकेको छ।

Tata
GBIME
NLIC

मंगलबारको विरोध सभा हुने आसपासका क्षेत्रको सवारी डाइभर्सनको रुट तोकिएको हो। यस्तै कार्यक्रममा सहभागी हुन आउनेका लागि पनि पार्किङ स्थल तोकिएको छ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुख एएसएसपी विनोद घिमिरेले सकेसम्म सवारी आवागमन बाधा नपुग्ने गरी ट्राफिक व्यवस्थापन हुने बताए। आवश्यकता अनुसार आंशिक वा पूर्णरुपमा समेत आवागमन बन्द हुने घिमिरेले जनाए।

ट्राफिक प्रहरीले कलंकी खसीबजार– मकालु हुँदै कलंकी चोक र  बाफलको सवारीसाधन डाइभर्सन हुने जनाएको छ।

यस्तै बल्खु चोक-कुलेश्वर-कालीमाटी चोक-टेकु, कीर्तिपुर-सुन्दरीघाट-सानेपा-एकान्तकुना क्षेत्रका सवारी पनि डाइभर्ट हुनेछन्।

प्रहरीले आवश्यक परेमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला क्षेत्रमा पनि सवारीसाधन डाइभर्सन हुन सक्ने जनाएको छ।

पार्किङका लागि त्रिभुवन विश्वविद्यालय गेटदेखि चोभार सडक र सानेपा करिडोर सडकको दुवै तर्फ पार्किङ स्थल तोकेको छ।

नयाँ बसपार्क, सीतापाइला, बाफल सडक खण्डमा पनि एक लाइन पार्किङको व्यवस्था गरिएको छ।