वैशाख १८ गते हयातमा दुर्गेश थापाको कन्सर्ट, आइएमई पे र खल्तीबाट टिकट लिन सकिने

बिजमाण्डू
२०८१ चैत्र २० गते १५:५५ | Apr 2, 2025
वैशाख १८ गते हयातमा दुर्गेश थापाको कन्सर्ट, आइएमई पे र खल्तीबाट टिकट लिन सकिने


काठमाडौं । गायक दुर्गेश थापाले बैशाख १८ गते काठमाडौं बौद्धस्थित हयात ग्राउन्डमा कन्सर्ट गर्दैछन्। सो कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एप मार्फत खरिद गर्न सकिनेछ।

Vigo
GBIME
Tata

ट्राइएङल इन्कले आयोजना गर्न लागेको कन्सर्टमा दुर्गेश थापाले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन्।

सो कन्सर्टमा दुर्गेशसँगै अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरुको प्रस्तुती रहनेछ।

टिकट आजैबाट आइएमई पे तथा खल्ती एपको “इभेन्ट्स” सेक्सनबाट लिन सकिने जनाइएको छ।

दर्शकहरूले कन्सर्टको लागि फ्यानपिट, सिल्भर वा गोल्ड टिकटहरू मध्ये एक छनौट गर्न सक्ने कम्पनी ले जनाएको छ।