माई खोला हाइड्रोपावरले ३९ करोड २१ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दै, आयोगबाट पायो स्वीकृति



बिजमाण्डू
२०८१ चैत्र १२ गते ११:२५ | Mar 25, 2025
माई खोला हाइड्रोपावरले ३९ करोड २१ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दै, आयोगबाट पायो स्वीकृति

काठमाडौं । माई खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ। आयोगले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासनको सहमति दिएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको हाल ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ चुक्ता पुँजी छ। हकप्रदको रकम कम्पनीले तोकिएको क्षेत्रबाहेकमा लगानी गर्न नपाउने आयोगले सर्त तोकेको छ।

माई खोला हाइड्रोपावरले चालु आर्थिक वर्ष ६ महिनामा ५६ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको प्रति सेयर आम्दानी २.८६ र प्रति सेयर नेटवर्थ १०२.२२ रुपैयाँ रहेको छ।