सेयर बजारमा परिसूचक २७०० बाट तल, कारोबार रकम पनि घट्दै ४ अर्ब ३४ करोडमा सीमित



बिजमाण्डू
२०८१ चैत्र ५ गते १५:२४ | Mar 18, 2025
सेयर बजारमा परिसूचक २७०० बाट तल, कारोबार रकम पनि घट्दै ४ अर्ब ३४ करोडमा सीमित

काठमाडौं। सेयर बजार लगातार ओरालो लाग्ने क्रम रोकिएको छैन। मंगलबार नेप्से परिसूचक ७.६६ अंकले ओरालो लागेर २६९७.०४ विन्दुमा आएको छ।

Tata
GBIME
Nepal Life

१३ मध्ये अन्य समूह बाहेकका सबै समूहको सूचक घट्दा बजार कारोबार पनि घटेको हो। लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक ०.७० प्रतिशतले ‌ओरालो लागेको छ। १५२ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्।

सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ।

८६ कम्पनीको मूल्य बढेको छ। मिथिला लघुवित्तको सेयर मूल्य ९.९६ र हिमालयन पावर पार्टनरको ९.९० प्रतिशतले सेयर मूल्य बढेको छ।

बजार ओरालो लागेपछि कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा कारोबार सीमित भएको छ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३२ करोड ११ लाख र घलेम्दी हाइड्रोपावरको २२ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यसअघि सोमबार सेयर बजार परिसूचक १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा रहँदा ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।