काठमाडौं। नेपाली क्रिकेट टोलीले नामिबियाबाट १ सय २६ रनको लक्ष्य पाएको छ। युगाण्डामा जारी तीन चार देशीय महिला टी-२० सिरिज अन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले नामिबियाबाट १ सय २६ रनको लक्ष्य पाएको हो।
नेपाली टोलीकी कप्तान इन्दु वर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्। सुरुवाती ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको हो।
नामिबियाका लागि यसमिन खानले सर्वाधिक ४५ रन बनाउँदा विल्का एमवटिलेले २०, जुरिएन्स डायरगार्टले १६ तथा कप्तान सुनी विटमनले १५ रन बनाए।
बलिङतर्फ नेपालकी ईश्वरी बिस्टले सर्वाधिक ३ विकेट लिँदा रचना चौधरीले २ तथा इन्दु वर्मा र रिया शर्माले समान १ विकेट लिए।
नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।











