नेपाल टेलिकमको ‘ब्रान्ड एम्बासडर’मा अभिनेत्री स्वस्तिमा खड्का, एक वर्षका लागि सम्झौता

बिजमाण्डू
२०८१ फागुन १९ गते १९:२१ | Mar 3, 2025
नेपाल टेलिकमको ‘ब्रान्ड एम्बासडर’मा अभिनेत्री स्वस्तिमा खड्का, एक वर्षका लागि सम्झौता

काठमाडौं। नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ। टेलिकमले स्वस्तिमालाई सोमबार एक वर्षका लागि ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको हो।

Tata
GBIME

सम्झौतामा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र अभिनेत्री खड्काले हस्ताक्षर गरेका छन्। दुवै पक्षको आपसी सहमतिमा सम्झौता अवधि थप गर्न सकिने छ।

प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रवर्धन र बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

स्वस्तिमाले नेपाल टेलिकमसँग जोडिन पाएकामा खुसी व्यक्त गरिन्। उनले कम्पनीको हितमा काम गर्ने प्रतिबद्धता जनाइन्।