काठमाडौं। नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ। टेलिकमले स्वस्तिमालाई सोमबार एक वर्षका लागि ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको हो।
सम्झौतामा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र अभिनेत्री खड्काले हस्ताक्षर गरेका छन्। दुवै पक्षको आपसी सहमतिमा सम्झौता अवधि थप गर्न सकिने छ।
प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रवर्धन र बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
स्वस्तिमाले नेपाल टेलिकमसँग जोडिन पाएकामा खुसी व्यक्त गरिन्। उनले कम्पनीको हितमा काम गर्ने प्रतिबद्धता जनाइन्।