स्वास्थ्यमन्त्री पौडेलले प्रधानमन्त्रीलाई बुझाए स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन

बिजमाण्डू
२०८१ माघ १६ गते १३:३५ | Jan 29, 2025
स्वास्थ्यमन्त्री पौडेलले प्रधानमन्त्रीलाई बुझाए स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन
फाइल तस्बिर।

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन्।

Tata
GBIME

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन बुझाएका हुन्।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधारसम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताएका थिए। प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ।

मन्त्रिपरिषद्‍बाट निर्णय भएमा संसद्को अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गरेका छन्।