लाइफ इन्स्योरेन्सको व्यवसाय ९.३४% वृद्धि, ६ महिनामा ८१.१७ अर्ब प्रिमियम संकलन, कसको कति?

बिजमाण्डू
२०८१ माघ ९ गते १७:४३ | Jan 22, 2025
लाइफ इन्स्योरेन्सको व्यवसाय ९.३४% वृद्धि, ६ महिनामा ८१.१७ अर्ब प्रिमियम संकलन, कसको कति?

काठमाडौं। आर्थिक शिथिलताबीच लाइफ इन्स्योरेन्स कम्पनीहरुले व्यापार बढाएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार पुससम्म तीन वटा लघुसहित १७ वटा लाइफ इन्स्योरेन्सले ८१ अर्ब १७ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

Tata
GBIME

इन्स्योरेन्सले आर्जन गरेको प्रिमियम पोहोर दोस्रो त्रैमासको तुलनामा ९.३४ प्रतिशतले धेरै हो। कम्पनीहरुले गत वर्ष ६ महिनामा ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।

प्राधिकरणका अनुसार कम्पनीहरुले नयाँ व्यापार १६.६९ प्रतिशतले वृद्धि गरेका छन्। गत वर्ष ६ महिनामा १३ अर्ब ८१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका इन्स्योरेन्सले यस वर्ष सोही अवधिमा १६ अर्ब १२ करोड आर्जन गरेका हुन्।

दुई आर्थिक वर्षको पहिलो ६ महिनामा लाइफ इन्स्योरेन्सले आर्जन गरेको प्रिमियम रु लाखमा

जीवन बीमा कम्पनी२०८१/८२२०८०/८१फरक %
नेपाल २२४५७७.६१२००२३१.८४१२.१६
नेसनल ९६०८०.८६८५६७९.००१२.१४
लाइफ इन्स्योरेन्स कर्पोरेसन९४६००.५६८६२६३.३०९.६६
हिमालयन८३३०८.९०८०९३६.२८२.९३
सूर्यज्योति५०६५७.३२४२८३५.९८१८.२६
एसियन ४२१८६.२१३७२८८.३३१३.१४
सिटिजन३३८३६.०२२७३७६.२९२३.६
सानिमा रिलायन्स३२४०४.४६२८५५२.४९१३.४९
मेट२८६८५.२६२६८६४.९६६.७८
राष्ट्रिय जीवन बीमा कम्पनी२७७४५.०९४७५८२.०१-४१.६९
आइएमई२४४०१.२०२१०८५.७७१५.७२
प्रभु महालक्ष्मी२४२७३.१७२०३८२.६२१९.०९
रिलायबल नेपाल२३८५०.१३१९३२५.३१२३.४१
सन नेपाल२००३१.६८१७८०१.९९१२.५२
स्रोत : नेपाल बीमा प्राधिकरण

६ महिनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक सबैको प्रिमियम बढेको छ। कम्पनीहरुको बीमा लेख संख्या पनि बढेको छ। पोहोर पुसम्म कुल सक्रिय बीमा लेख संख्या १ करोड ३७ लाख ४१ हजार रहेकामा यस वर्ष सोही अवधिमा १ करोड ४० लाख ४१ हजार पुगेको छ।

नेपाल लाइफले सर्वाधिक २२ अर्ब ४५ करोड रुपैयाँको व्यापार गरेको छ। सन नेपालले सबैभन्दा कम २ अर्ब रुपैयाँको पोलिसी बिक्री गरेको छ।