हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर बाँड्ने, कर रकम सेयरधनीले नै तिर्नुपर्ने

बिजमाण्डू
२०८१ माघ ६ गते ११:४४ | Jan 19, 2025
हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर बाँड्ने, कर रकम सेयरधनीले नै तिर्नुपर्ने

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।

Tata
GBIME

कम्पनीको संचालक समितिको माघ ४ गते बसेको बैठकले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल ८ अर्ब २ करोड ३ लाख ८६ हजार रुपैयाँ छ। कम्पनीले सेयरधनीलाई १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने भएको हो।

बोनस सेयरको करमा लाग्ने रकम भने लगानीकर्ताहरुले आफैं तिर्नुपर्नेछ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन्।