९९ लट पुगेपछि मोटरसाइकलको दर्ता रोकियो, प्रधानमन्त्री नफर्केसम्म नहुने, ‘तेल हालेर सुते’



बिजमाण्डू
२०७५ असोज १७ गते १७:२९ | Oct 3, 2018
९९ लट पुगेपछि मोटरसाइकलको दर्ता रोकियो, प्रधानमन्त्री नफर्केसम्म नहुने, ‘तेल हालेर सुते’


काठमाडौं। साविकको बागमती अञ्चालमा नयाँ मोटरसाइकल दर्ता रोकिएको छ। ९९ लटसम्म वितरण भैसकेको र कानुनले नयाँ दर्ता गर्न नपाइने अवस्था आएपछि बाइक दर्ता रोक्नुपरेको यातायात व्यवस्था विभाग अन्तर्गतको मोटरसाइकल दर्ता कार्यालयले जनाएको छ। मंगलबारदेखि नयाँ दर्ता रोकिएको हो।

Tata
GBIME

यातायात व्यवस्थापन नियमावलीमा दुर्इ अंकका नम्बर राखेर मात्रै नयाँ मोटरसाइक दर्ता गर्न मिल्ने प्रावधान छ। बागमतीमा 'बा९९प' मा '९९९९'सम्म मोटरसाइकल दर्ता भैसकेका कारण नयाँ दर्ता रोक्नुपरेको हो। योसँगै साविकको बागमती अञ्चलमा दर्ता हुने मोटरसाइकलको सख्या १० लाख पुगेको छ।

यस्तो खालको समस्या आउन सक्छ भन्दै कार्यालयले दुर्इ महिना पहिले नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलार्इ ब्रिफिङ गरेको थियो। 

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले यातायात व्यवस्थापन  नियमावली संशोधन गर्नका लागि भदौ १७ गते प्रस्ताव मन्त्रीपरिषदमा पठार्इसकेको जानकारी दिए।प्रधानमन्त्री कार्यालय कानमा तेल हालेर बस्दा रोक्नु पर्ने अवस्था आएको हो।

उपाध्यायका अनुसार अब मन्त्रिपरिषदबाट तीन वटा डिजिट राखेर मोटरसाइकल दर्ता गर्न मिल्ने गरि संशोधन भएर आउनेछ। विभागका अनुसार केहि दिनमै समस्या हल हुनेछ। अहिले प्रधानमन्त्री केपी ओली देश बाहिर छन्। उनी आएपछि बस्ने मन्त्रिपरिषदले निर्णय गरेपछि दर्ताको बाटो खुल्ने छ।अब आउने नयाँ नम्वर प्लेट 'बा१००प' हुने छ।

इम्वोस्ड नम्वर नम्वर प्लेट कार्यान्वयनमा भएको भए कुनै समस्या हुने थिएन।सर्वोच्चमा मुद्धा परेर रोकिएपछि पुरानै नम्वर प्लेटमा डिजिट थप्नु परेको हो।

मोटरसाइकल विक्री वितरण हुने चाडपर्व नजिकैको यो मुख्य सिजनमा दर्ता रोकिएका कारण नयाँ मोटरसाइकल आयाता गर्ने कम्पनीहरु अप्ठ्यारोमा पर्ने भएका छन्।