नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन र बुमरुङग्राड अस्पतालबिच सहकार्य, बिरामीलाई फाइदा



बिजमाण्डू
२०७५ असोज १३ गते १४:१३ | Sep 29, 2018
नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन र बुमरुङग्राड अस्पतालबिच सहकार्य, बिरामीलाई फाइदा


काठमाडौं। नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ। बुमरुङग्राड एसियाकै ठूलोमध्येको अस्पातल हो। जहाँ ५८० बेड रहेका छन् भने ३० स्पेशल यूनिट सेन्टरहरु संचालनमा रहेका छन्। 

Vigo
GBIME
Tata

यहाँ ७० वटा सहायक स्पेशल सेन्टर संचालनमा रहेको छन्। यो अस्पताल बैंककको मुख्य बजार सुकिम्भीत सोई ३ मा रहेको छ।
 
नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले चर्चित कम्पनी एसिया प्यासिफिक हेल्थकेयर इन्डस्ट्रि र बुमरुङग्राड इन्टरनेशनलसँग सहकार्य गर्दै थाइल्यान्डबाट वस्तु तथा सेवाहरु सहज रुपमा आयात गर्नेछ।
 
साझेदारीबाट ग्राहकहरुले बुमरुङग्राडको गुणस्तरीय मेडिकल डायग्नोष्टिक र उपचारको अवसर प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ। सहकार्यमार्फत विमारीहरुका लागि अनुभवी डाक्टर तथा नर्स, वल्र्ड क्लास क्लिनिकल इन्नोभेसन, र टेक्नोलोजीको व्यवस्था गरिनेछ।