हिमालयन ऊर्जा विकास कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने, त्यसपछि सर्वसाधारणको पालो

बिजमाण्डू
२०७५ असोज ३ गते १३:३७ | Sep 19, 2018

काठमाडौं। हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावितको लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो। 

Vigo
GBIME
Tata

नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता शेयर प्रभावित क्षेत्रका लागि निष्कासन अनुमति पाएको छ। बाँकी रहेको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सर्वसाधारणलाई निष्कासन गर्ने छ। 

कम्पनीले प्रभावित क्षेत्र रामेछाप जिल्ला चुचुरे गाविस लगायतका स्थानीय वासिन्दाको लागि नौ करोड ९० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कशन गर्ने भएको हो। निष्कासनको लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको छ। 

कम्पनीले १२ मेघावट क्षमताको उपल्लो खिम्ति आयोजना निर्माण गरिरहेको छ। १६ करोड प्रति मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष राखेको कम्पनीले ६० प्रतिशत निर्माण सम्मपन्न गरिसकेको जनाएको छ।

१२ मेगावाट क्षमताको लक्ष रहेपनि 'रन अफ रिभर मोडल' मा आयोजना निर्माण भएकोले १९ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सक्छ। तीन अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशतत ऋण २५ प्रतिशत इक्युटी छ। 

कम्पनीले शेयर निष्कासन गर्नु पूर्व गरेको इक्रा रेटिङ्मा 'इक्रा एनपि आइपिओ ग्रेड ४' प्राप्त गरेको छ। यसले कम्पनीमा गरिने लगानीको जोखिम भार औसत रहेको जनाउँछ।