सर्वोत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पाए ओमोडा कार, अरुले के के पाए?

बिजमाण्डू
२०८१ पुष ६ गते १७:४२ | Dec 21, 2024
सर्वोत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पाए ओमोडा कार, अरुले के के पाए?


काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ओमोडा इ-५ कार पाएका छन्। आज सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)को उपविजेता टोलीका कप्तान ऐरीले ६२ लाख रुपैयाँ मूल्य बराबरको कार हात पारेका हुन्।

Tata
GBIME
NLIC

ऐरीले ९ खेलमा ब्याटिङमा २२७ रन र बलिङमा ९ विकेट लिँदै टोलीलाई फाइनल पुर्‍याउन अहम भूमिका खेले।

त्यस्तै ललितनारायण राजवंशीले उत्कृष्ट बलर बन्दै मोटरसाइकल पाए। ललितले १० खेलमा १७ विकेट लिए। सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले पनि समान ९ विकेट लिएका छन्।

इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट बन्दै विपिन शर्माले ५० हजार रुपैयाँ हात पारे।