काठमाडौं आइपुगे वेस्ट इन्डिजका ब्रायन लारा, ‘नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ’

प्रवीण रानाभाट
२०८१ मंसिर २८ गते १०:११ | Dec 13, 2024
काठमाडौं आइपुगे वेस्ट इन्डिजका ब्रायन लारा, ‘नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ’


काठमाडौं । वेस्ट इन्डिजका विश्व प्रसिद्ध क्रिकेट खेलाडी ब्रायन लारा नेपाल आइपुगेका छन्। उनी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

Tata
GBIME
NLIC

कीर्तिपुरमा नेपाल प्रिमियर लिग चलिरहँदा उनी काठमाडौं आएका हुन्। नेपाल बसाईका क्रममा लाराले एनपीएलका खेलहरु हेर्नेछन्।

यस्तै, खेलाडीहरु सँग साक्षात्कारसमेत गर्नेछन्। नेपाल क्रिकेट संघ क्यानकै निमन्त्रणामा लारा नेपाल आएका हुन्।

लारालाई ‘ग्रेटेस्ट ब्याट्सम्यान अफ अल टाइम’ का रुपमा समेत चिनिन्छ। उनलाई ‘दी प्रिन्स’ भनेर समेत बोलाइने गरिन्छ। लाराले टेस्ट क्रिकेटमा ११ हजार ९५३ रन बनाएका छन् भने वान डेमा १० हजार ४०५ रन बनाएका छन्।

काठमाडौं आएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा आउन पाउँदा खुसी लागेको बताए। नेपालले पछिल्लो समय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको भन्दै उनले एनपीएलका खेलहरु हेर्न प्रतिक्षामा रहेको बताए।