स्वयम्भूपछि बौद्ध पुगेर भुटानी राजा वाङ्चुकले गरे पूजा, विनोद चौधरी पनि सँगसँगै (तस्विरहरु)

प्रवीण रानाभाट
२०८१ मंसिर २१ गते १३:४५ | Dec 6, 2024
स्वयम्भूपछि बौद्ध पुगेर भुटानी राजा वाङ्चुकले गरे पूजा, विनोद चौधरी पनि सँगसँगै (तस्विरहरु)

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले स्वयम्भू र बौद्धको भ्रमण गरेका छन्।

Tata
GBIME

भारत भ्रमण सकाएर भुटान फर्किने क्रममा काठमाडौंलाई ट्रान्जिट बनाएर आज राजा वाङ्चुक नेपाल आएका हुन्।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले वाङ्चुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्। विमानस्थलबाट उनी सिधै स्वयम्भू पुगेका थिए। त्यहाँ उनले स्वयम्भू स्तूपमा पूजा गरे।

स्वयम्भूबाट राजा वाङ्चुक बौद्ध पुगे। उनले बौद्ध स्तूप परिक्रमा गरेर पूजामा सहभागी भए।

बौद्धमा उनीसँगै अर्बपति विनोद चौधरी पनि सँगै थिए। स्वयम्भूमा भने राजा वाङ्चुकसँग विनोद चौधरीका छोराहरु थिए।

बौद्धपछि उनी सिधैं विमानस्थल पुगेर स्वदेश फर्किने कार्यतालिका छ।

नेपालमा रहँदा उनको औपचारिक भेटघाटको कुनै कार्यक्रम भएन।