एनपीएलका लागि तयार भयो कीर्तिपुरको क्रिकेट मैदान, ड्रोनबाट यस्तो देखियो तयारी

प्रवीण रानाभाट
२०८१ मंसिर १४ गते १३:०१ | Nov 29, 2024
एनपीएलका लागि तयार भयो कीर्तिपुरको क्रिकेट मैदान, ड्रोनबाट यस्तो देखियो तयारी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तयार बनेको छ। शनिबार यसै मैदानमा एनपीएलको उद्घाटन खेल सञ्चालन हुनेछ।

Tata
GBIME

एनपीएलका लागि दर्शक बस्ने स्थानलाई थप व्यवस्थित बनाइएको छ। भीआईपी क्षेत्रमा अस्थायी प्यारापिट बनाइएको छ। त्यस्तै पिचको पुनर्निमाणसँगसँगै डिस्पे बोर्डलाई पनि व्यवस्थित गरिएको छ।

शनिबार यसै मैदानमा सुरु हुने एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन्। ८ टोलीको सहभागिता रहेको प्रतियोगितालाई लक्षित गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले टीयू मैदानलाई व्यवस्थित बनाएको हो।