
काठमाडौं। नारायणगढ-मुग्लिन खण्डका खोलानालामा १९ वटा पुलहरु निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन्। यी छोटा पुलहरु आउने र जाने सवारीका लागि छुट्टाछुट्टै भएकाले सडकमा जामको चाप पर्दैन।
सडक विभागको नागढुंगा-मुग्लिन सडक योजनाले उक्त खण्डमा निर्माणाधीन पुलहरु तयार भएर सञ्चालनमा आएको बुधबार साँझ जनाएको हो। छोटा र आकर्षक यी पुलहरुमा ४ वटा एक वर्षअघि नै तयार भएर सञ्चालनमा आएका थिए। १५ वटामा पछिल्लोपटक तयार भएको खहरेखोला पुल हो।

यो सडकखण्डमा २०७६ चैतदेखि विश्व बैंकको सहयोगमा पुलहरुको निर्माण थालिएको थियो। सडक विस्तार गरि ९ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। सडक चौडा भएपछि पुल निर्माण गरिएको हो।












