
काठमाडौं। सत्तारुढ नेकपा (एमाले)ले जागरणसभाका नाममा दरबारमार्गमा शक्ति प्रदर्शन गरेको छ। एमालेको जागरणसभाको र्याली भद्रकालीबाट सुरु भई दरबारमार्गमा पुगेको छ।
सभामा सहभागी हुन अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट र्याली आउनेक्रम जारी छ। यिनै र्यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।


सार्वजनिक यातायात प्रभावित हुँदा विभिन्न स्थानका बस स्टपहरूमा यात्रुहरूको अत्याधिक भीड लागेको छ। फाट्टफुट चलेका गाडीमा चढ्न यात्रुहरू मारामार गरिरहेका छन्।

एमालेको जागरणसभाका अलावा माइतीघरमा सहकारी पीडितको आन्दोलन छ भने दुर्गा प्रसाई समर्थकले पनि आजै कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्। यसले पनि ट्राफिक व्यवस्थापन थप अस्तव्यस्त बनाएको छ।










