दसैंको किनमेलमा झुमेको न्यूरोड र इन्द्रचोक, शनिबार बजारमा देखिएको चहलपहल (तस्विरहरु)

प्रवीण रानाभाट
२०८१ असोज १९ गते २१:१९ | Oct 5, 2024
दसैंको किनमेलमा झुमेको न्यूरोड र इन्द्रचोक, शनिबार बजारमा देखिएको चहलपहल (तस्विरहरु)

काठमाडौं । यो वर्षको दसैं सुरु भएसँगै बजारमा अहिले सामान किन्न पुग्नेको चहलपहल बढेको छ। आज शनिबार भएकोले बजारमा थप भिड भएको हो।

Tata
GBIME

आज बिहानैदेखि असन, इन्द्रचोक, न्यूरोड लगायत क्षेत्रमा सामान किन्न पुग्नेको भिड लागेको थियो। कपडा पसलदेखि घरका सामान पाइने पसलमा मानिसहरुको घुइँचो थियो।

आज सार्वजनिक यातायातमा पनि मानिसको भिड थियो। दसैंका लागि मानिसहरु आफ्नो गाउँघर जान सुरु गरेकाले अहिले विस्तारै काठमाडौंमा सार्वजनिक यातायातको संख्या कम भएको छ।