स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सीइओ घोषले पाए ‘सीइओ अफ दी इयर’ अवार्ड



बिजमाण्डू
२०८१ असोज ५ गते ०८:५६ | Sep 21, 2024
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सीइओ घोषले पाए ‘सीइओ अफ दी इयर’ अवार्ड

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सीइओ अनिर्वन घोष दस्तिदारले बैंकिङ लिडरशीप अवार्ड पाएका छन्। ग्लोबल बैंकिङ तथा फाइनान्स रिभ्यु अनलाइन म्यागजिनले ‘बैंकिङ सीइओ अफ दी इयर नेपाल २०२४’ अन्तर्गत उनलाई पुरस्कृत गरेको बैंकले शुक्रबार जनाएको हो।

Tata
GBIME
Nepal Life

भारतमा एएनजे ग्रिनलेज बैंकबाट करिअर सुरु गरेका घोषले तीन दशकदेखि बैंकिङ क्षेत्रमा छन्। श्रीलंका फिलिपिन्समा काम गरिसकेर नेपाल आएका उनी अनुभवी बैंकर मानिन्छन्। उनले २०१९ जनवरीदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नेतृत्व गरिरहेका छन्।

म्यागजिनले यसपटक बैंकिङ सीइओ अफ दी इयर २०२४ बाट ६ जनालाई पुरस्कृत गर्दा नेपालबाट घोष परेका हुन्। पुरस्कृत हुने अन्यमा  घानाको ओम्नी बीएसआइसी बैंकका डेनियल एसिडु, म्यानमारको यूएबी बैंकका क्रिटोफर लो, फिलिपिन्सको सीआइएमबी बैंकका विजय मनोहरण, थाइल्याण्डको क्रुङथाइ बैंकका पयोङ स्रिभेनिच, जाम्बियाको एक्सेस बैंकका लिशाला सी सितुम्बेको छन्।