शेखर गोल्छाको प्रश्न- नाकाबन्दी लगाउँदा पनि नबोल्ने डब्लुटिओको सदस्य भएर हामीले के पायौ?

शेखर गोल्छा
२०७४ मंसिर १२ गते २०:४३ | Nov 28, 2017
शेखर गोल्छाको प्रश्न- नाकाबन्दी लगाउँदा पनि नबोल्ने डब्लुटिओको सदस्य भएर हामीले के पायौ?


Tata
GBIME
NLIC
नेपाल विश्वव्यापार संगठन(डब्लुटिओ)को सदस्य भएको झण्डै १५ वर्ष भएको छ। डब्लुटिओको सदस्य भएपछि नेपालले के फाइदा पायो?यसका बारेमा वृहत छलफल आवश्यक छ। सरोकारवाला सबै पक्षलार्इ राखेर छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गर्दैछ। १५ वर्षअघि हामी डब्लुटिओको सदस्य हुँदा हामीले धेरै उत्साहित थियौ। त्यो बेलामा हामीलार्इ के भनियो भने ‘ड्युटी प्रोटेक्सन’हरु हटाउँछौं र हामी ‘ग्लोबल्ली कम्पिटेटिभ’ हुन्छौ।‘सर्भार्इभ’ हुनका लागि ग्लोबल्ली कम्पिटेटिभ हुनुपर्छ भनियो। तर त्यसपछिको १५ वर्षपछि नेपालमा के के भयो त? त्यो अवधिमा भएका केही मूख्य घट्नाहरु भन्न चाहन्छु। राजनीतिक परिवर्तन भए।राजनीतिक परिवर्तनपछि उद्योगमा राजनीतिको अतिवाद छिर्यो। धेरै उद्योग बन्द भए।
त्यसपछि विषम परिस्थिती उर्जा क्षेत्रमा आयो। देशमा १५देखि १७ घण्टाको लोडसेडिङ भयो।यो लोडसेडिङका कारण जेनेरेटरबाट उद्योग चलाउनुपर्ने परिस्थती भयो।जेनेरेटरबाट उद्योग चलाउनुपर्ने भएपछि हामी विश्व बजारमा प्रतिस्पर्धी हुन सकेनौ र हुने सम्भावना पनि थिएन। अर्को पूर्वाधारमा हामी एकदमै कमजोर छौं। पूर्वाधार कमजोर हुनेवित्तिकै ‘कस्ट अफ डुइङ विजनेश’ एकदमै बढेर जान्छ।

हामीले एउटा सपना देखेका थियौ डब्लुटिओले हामीलार्इ ‘वर्ल्ड एक्सेस’ दिन्छ भन्ने थियो। तर डब्लुटिओपछि वेफाइदा मात्रै पायौ। हामी विश्वबजारमा प्रतिस्पर्धी होइन आफै ‘सर्भाइभ’ गर्न पनि गाह्रो भयो। यो १५ वर्षको अवधिमा हाम्रो व्यापार घाटा अस्वभाविक रुपमा बढेर गयो। व्यापार घाटा यति डरलाग्दो अवस्थामा पुग्यो। आयातले हामीलार्इ राजस्व दिइरहेको छ र त्यही राजस्वले देश चलिरहेको छ।वैदेशिक रोजगारीमा गएका दाजुभार्इ दिदीवहिनीले रेमिटेन्स पठाइरहनुभएको छ।

देश चल्नको लागि धेरै ठूलो समस्या छैन।त्यही भएर हामीले यस्तो विषम परिस्थितीमा समेत ‘कर्म्फर्टेवल फिल’ गरिरेहका छौं। निकासी हेर्ने हो भने अवस्था निराशाजनक छ। डब्लुटिओले चार वटा वस्तुलार्इ ‘प्रिफेन्सियल एक्सेस’ दिने भन्यो।केही वस्तुले ‘प्रिफेन्सियल एक्सेस’ पाएर मात्रै पनि निकासीले व्यापार घाटा घट्ने अवस्था छैन। अलैची र पश्मिनको निकासी बढेर व्यापार घाटा घट्दैन।यी वस्तु भनेको ‘लिमिटेड स्कोप’ भएका प्रोडक्टहरु हुन्।
 

डब्लुटिओमा हामी च्याम्पियन छौं अरु देश भन्दा बढी प्रतिवद्धता हामीले गरेका छौं।अर्को देशले हामीलार्इ गैरकानुनी नाकाबन्दी गर्यो तर हामीलार्इ डब्लुटिओले संरक्षण गर्न सकेन।हामीले डब्लुटिओमा यति धेरै कमिटमेन्ट गर्ने? तर  नाकाबन्दी हुँदा पनि केही गर्न सकेनौ र डब्लुटिओले पनि केही गर्न सकेन। डब्लुटिओको सदस्य भएर हामीले के पायौं? हाम्रा जति पनि छिमेकी मुलुकहरु छन् ती उत्तरतिरको कुरा गरौं। उत्तरको छिमेकीले कुनै न कुनै रुपमा उद्योगलार्इ अनुदान दिइरहेको छ।

हरेक उद्योगमा अनुदान दिइरहेको छ। एउटा चिनी उद्योगको उदाहरण दिन चाहन्छु। उखु किसान छ भने उसलार्इ बीउमा अनुदान छ। किसानलार्इ मूल्यको ग्यारेन्टी छ। बीमा र उर्जामा पनि अनुदान छ। त्यो अवस्थामा नेपालको चिनी उद्योग वा किसानलार्इ कुनै अनुदान छैन। यस्तो अवस्थामा नेपालको चिनी उद्योगले कसरी प्रतिस्पर्धा गर्न सक्छ?

हामी विश्वबजारमा च्याम्पियन बन्ने अवधारणा बनाउँदैछौ तर हाम्रो आन्तरिक र वाह्य कारणले कुनै फाइदा लिन सकेका छैनौ। अब हामीले डब्लुटिओलार्इ धेरै दिइसकेका छौं अब हामीले माग्नुपर्यो। अल्पविकसित मुलुकको फाइदा लिने कुरा पनि विस्तारै मासिदै गएको छ। हाम्रो क्षमता र पूर्वाधार विकासका लागि डब्लुटिओले सहयोग गर्नुपर्छ।

(नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बाणिज्य मन्त्रालयले आगामी ११औ डब्लुटिओको मन्त्रिस्तरीय बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा मंगलबार आयोजित छलफलमा दिएको मन्तब्यको सारसंक्षेप)